suekhet
bheriad

आज रास्ट्रीय भुकम्प दिवस र सुरक्षाका मापदण्ड बारे जानकारी ,,

lekabesi

माघ २ , काठमान्डौ – आज रास्ट्रीय भुकम्पदिवस नेपालमा पनि मनाईदै छ। ,२१ औ रास्ट्रीय भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरि यो वर्ष ललितपुरमा मुलसमारोहको आयोजना गरिएको छ ।

२०५५ सालपछि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । २०७२ वैशाख १२ को महाभूकम्पले सचेत गराएपनि धेरैलाई बिस्तारै त्यसको पीडा भुल्दै गएजस्तो देखिएको छ । त्यो विनासकारी भूकम्पमा झण्डै ९ हजार जनाको मृत्यु भएको थियो । २२ हजारभन्दा बढी घाइते भएका थिए ।

क्षति भयका भवनहरु अहिले सम्म निर्माण हुन सकेका छैनन् ,भने भुकम्प पिडितलाई अझै राहत उपलब्ध हुन सकेको छैन। नेपालका विभिन्न भूभागमा हरेक ८० देखि १०० वर्षको बीचमा ठूलो भूकम्प जाने गरेको तथ्य छ। नेपाल भूकम्पको उच्च जोखिममा रहेको मुलुक भएपनि जोखिम न्युनीकरण र विपद व्यवस्थापन सम्बन्धी ठोस वैज्ञानिक अनुसन्धान हुन नसकेको विज्ञहरु बताउँछन् ।

भौगर्भिक दृष्टिकोणबाट कस्ता ठाउँमा भवन बनाउन दिने, कुन क्षेत्र जोखिमयुक्त हो भन्नेजस्ता विषयमा अनुसन्धान आवश्यक रहेको नेपालमा आवस्यकता देखिन्छ विपद अघिका सावधानीबारे बाल्यवस्थादेखि नै बुझाउनुपर्नेमा भूकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक उपाध्यायको जोड छ ।

‘शैक्षिक पाठ्यक्रममा भएका विषयवस्तुलाई अझ सापेक्ष र प्रभावकारी बनाउनु आवश्यक छ’, उनले भने ।भूकम्पपछि सरकारले भवन निर्माण आचारसंहिता, २०७२ जारी गर्‍यो । पहिले ५८ वटा नगरपालिकामा सीमित यो मापदण्ड २६ भदौ २०७३ को मन्त्रिपरिषद् बैठकले देशभर लागू गर्‍यो ।

सरकारी मापदण्डको आधारमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुले आफ्नो क्षेत्रको लागि भवन निर्माण मापदण्ड जारी गरेका छन् । कतिपय स्थानीय तहको भने अझै यसतर्फ ध्यान गएको छैन ।भूकम्पमा जोगिने किसिमका पूर्वाधार निर्माणका लागि मापदण्डहरु बनेपनि पालना भएको छैन । मापदण्ड पालनामा सरकार उदास रहँदा यो कागजमै सीमित भएको छ ।

स्थानीय तहहरुले आचारसंहिताविपरित भए भवन निर्माणका लागि स्वीकृति नै नदिन र बनिसकेकामा कैफियत देखिए भत्काउन सक्ने अधिकार पाएका छन् ।‘भूकम्पबाट बच्ने भनेकै बलियो संरचना बनाएर हो तर हामीकहाँ इञ्जिनियरिङ कलेजकै भवन भत्किन्छ’ ।

यसले गर्दा नेपालमा कुनै पनि स्थानबाट नेपालि हरुको ज्यान जोखिममा छ। बढ्दो सहरीकरण र भवन निर्माणले राजधानीमा खालि जग्गा नहुदा भुकम्प जाँदा भाग्ने त कँहा बस्ने ठाँउपनि छैन। यो प्रति र भुकम्प बाट कसरि ज्यान बचाउन सकिन्छ भन्ने ज्ञान सबैमा चेतना दिन सरकार लाग्ने देखिन्छ ।