suekhet
bheriad

प्रहरीले बर्दियामा गोली चलायो एक जना घाईते ,

lekabesi

माघ,२ काठमाडौं – प्रहरीले बर्दियामा गोली चलाएर हत्या आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थायी घर भएका युवराज गिरी रहेको प्रदेश नम्बर,५ का प्रमुख (डिआईजी) पिताम्बर अधिकारीले जानकारी दिए ।

गत पुस २६ मा बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको कोहलपुरमा घाटी रेटेर हत्या गरिएको थियो । घटनामा संलग्न देखिएका मुख्य अभियुक्त भरत शाहीलाई गए राती सुखेतको पलाँटे बजारबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो । त्यसक्रममा इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रमेशबहादुर सिंह नेतृत्वको टोलीसँग उनको बर्दियामा जम्काभेट भएको थियो ।

र, भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।मुख्य योजनकार शाहीले दीपक सिंहलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै उनीसँग डेढ लाख पैसा लिएको र जागिर लगाउन नसकेपछि पैसा माग्ने क्रममा विवाद भएको थियो ।

प्रदेश ५ प्रहरी कार्यालयका प्रमुख डीआईजी पिताम्बर अधिकारीले उनको खुट्टामा गोली लागेको बताए । उनले टेलिफोनमा कुरा गर्दै भने ‘पक्राउ गर्ने क्रममा उनले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको हो । तर, उनको अवस्था सामान्य छ , उपचारका लागि कोहलपुर टिचिङ हस्पिटल पठाएका छौं ।थप अनुसन्धान जारी रहेको उनले बताए ।