suekhet
bheriad

गोंगबुमा ग्यास सिलिन्डर पड्कियो एक जनाको मृत्यु, ४ गम्भीर ,

lekabesi

माघ,२ काठमाडौं – काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । भने चार जना घाईते भएका छन् मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।

बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी गरेअनुसार तामाङको २ः४५ बजे मृत्यु भएको पुष्टि गरे घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो ।
विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो ।

त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन् ।यद्यपि, कसरी विष्फोट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।