रञ्जु दर्शनाको चरित्र हत्या गर्ने अर्का पत्रकार पक्राउ ,,

माघ ४ ,काठमाडौँ – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले अर्का अनलाइनका सम्पादकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यो भन्दा अगाडी पनि मुक्त मिडिया प्रालि र नेपाल टक डटकमकका सञ्चालक सिन्धुपाल्चोकको मेलम्ची,३ का २४ वर्षीय श्याम रोकालाई पक्राउ गरिसकेको छ ।

महानगरीय अपराध महाशाखा टेकुको टोलीले गोरखाको गण्डकी गाउँपालिका,३ निवासी क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो ।

lekbesi

अधिकारी सम्पादक रहेको क्यापिटल हेडलाइनसहितका केही अनलाइनले नेतृ रञ्जुमाथि कार्यालयमै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कार गर्न खोजेको झुटो समाचार प्रकाशित गरेका थिए ।

आफ्नो चरित्र हत्या गर्ने गरी समाचार प्रकाशित भएपछि रञ्जुले विभिन्न पाँचवटा अनलाइनविरुद्ध साइबर क्राइम अन्तरगत महाशाखामा उजुरी दिएकी थिइन् ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार पक्राउ गरिएकालाई साईबर क्राईम अनुसार विधुतिय माध्यामको कारोबारो बाट मुद्दा चालाईने जानकारी दिनु भयको छ ।