चलचित्र समर लभ डबल धमाका माघ २५ ,,

नेपली कथानक चलचित्र समर लभले दर्शकको लागि डबल मनोरंजन दिएको छ। यहि माघ २५ गते बाट रिलिज हुन लागेको चलचित्र समर लभले विभिन्न जिल्ल्लामा गयर दर्शक श्रोतासंग भेटघाटलाई तिब्र बनायको छ।

चलचित्र रिलिज अगावै निर्माण पक्षले विभिन्न कुराले दर्शकलाई आकर्षण गर्ने गर्दछन। तेसै अवसरमा समर लभ हेर्ने दर्शकले लक्की ड्रा बाट दुई जनालाई थाईल्यानड घुम्ने मौका दिएको छ ।

चलचित्र कोहलपुर एकसप्रेसमा नायिका हरुले दर्शकलाई पिजा बाँड्नुका साथै आफ्नो स्कुटीमा राखेर हल सम्म ओसार्ने गरेका थिए ।सुबिन भट्टराईको सर्वादिक चर्चामा रहेको उपन्यास समर लभलाई निर्देशक मुस्कान ढकालले चलचित्रमा भिजुलाजेसन गरेका हुन् ।

, आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सुरज सिंह ठकुरी लगायतको मुख्य अभिनय रहेको चलचित्र समर लभ लभ स्टोरीमा निर्माण भयको चलचित्र हो ।प्रेम दिवसको उपलक्षमा रिलिज हुने चलचित्रलाई मान कृष्ण महर्जनले खिचेका हुन् , ।

चलचित्रमा दुईवटा गीत समावेश छन् जसमध्य ओ साया बोलको गीतले बजारमा राम्रो चर्चा पाएको छ । चलचित्रको दोश्रो गीत आउदो सोमबार रिलिज हुने छ ।स्वर , शब्द , संगीत पुस्पन प्रधानको छ ।चलचित्रलाई नाईटिङ्गेल ईटरटेनमेन्टले प्रस्तुत गरेको हो ।सामिप्य राज तिमिल्सेना र सुबिन भट्टराईको संवाद चलचित्र समर लभलाई खगेन्द्र श्रेष्ठ , इन्दु भण्डारीले निर्माण गरेका हुन्।