समर लभको दोश्रो गीत सोमबार बाट दर्शकमाझ ,,
चलचित्र समर लभको दोस्रो गीत सोमबार ७ गते बाट रिलिज हुदै छ। चलचित्रमा समावेश गीत हेरन बाझो मन भरि बोलको गीत सार्वजानिक गरिने निर्माणपक्षले जानकारी गरेको छ।
चर्चित गायक पुस्पन प्रधानको स्वर , शब्द , रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। नाईटिङ्गेल ईटरटेनमेन्टको प्रस्तुति रहेको समर लभको गीतमा चलचित्रका मुख्य नायक नायिका आशिष पिया र रेवती क्षेत्रिलाई प्रस्तुत गरिएको छ।
समर लभको प्रतिक्षा अब जम्मा २१ दिन बाँकि रहेको छ। लभ स्टोरी मिलन बिछोडको कथा समेटीएको चलचित्र समर लभ मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

आसिस पिया , रेवती क्षेत्रि , नम्रता सापकोटा , सुरज सिंह ठकुरी सिसिर भण्डारी , सरोज खनाल लगायतको मुख्य अभिनय रहेको चलचित्रमा मान कृष्ण मजर्जनको सिनेमाट्रोग्राफी छ ।