सामूहिक बलात्कार पछि हत्याका दोषी १० वर्षपछि पक्राउ ,,

माघ ४ दाङ – दाङ बिजौरीको सामूहिक बलात्कार काण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि फरार भएका विष्णु चौधरी पक्राउ परेका छन्।
२०७३ साल फागुन ३० गते सर्वोच्च अदालतका न्यायाधीशद्वय गोपाल पराजुली र गोविन्दप्रसाद उपाध्यायको संयुक्त इजलाशले चौधरीलाई दोषी ठहर गरेको थियो।

२०६५ साल चैत १५ गते दाङको बिजौरीमा बिना शर्मा (नाम परिवर्तन)लाई बलात्कार गरी लुटपाट गरेको ठहर गर्दै उनलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना गर्ने अन्तिम फैसला सुनाएको थियो।

अदालतको फैसलापछि चौधरी भूमिगत थिए। उच्च प्रहरी स्रोतका अनुसार चौधरीलाई जिप्रका दाङबाट खटिएको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका १८ स्थित उनकै घरबाट पक्राउ गरेको हो।
सामूहिक बलात्कारपछि बिनाको हत्या भएको थियो। प्रहरीले चौधरीलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ।
