अन्जु पन्तले गाईन पुर्व पति संग गीत ,,
माघ ४ ,काठमाडौं- गायिका अन्जु पन्तले पूर्व पति गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । डिभोर्सपछि गायिका अन्जुले पहिलोपटक मनोजसँग ‘सम्झे पनि तिम्रो याद…’ बोलको गजल गीत गाएकी हुन् ।
सार्वजानिक यो भिडियोमा गजलकार सुरेश वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको छ ।अन्जु पन्त र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेकोले पारिवारिक सम्बन्ध टाढा भएपनि सांगीतिक सम्बन्धमा म जोड्न सफल भएको गीतकार वाग्लेको भनाई रहेको छ
भिडियोमा अन्जुको जीवनमा भएको वास्तविक कथा प्रियंका र अनिल थापाले प्रस्तुत गरेको निर्देशक निकेशले बताए । निकेश खड्काले निर्देशन रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।