suekhet
bheriad

हेटौंडाका पत्रकार मनोहरको हत्या गर्ने चार जना पक्राउ हत्या गरिएको स्वीकार ,,

lekabesi

माघ,५ हेटौंडा – हेटौंडा १, भैरवडाँडामा पुस २५ गते शंकास्पद रुपमा मृत्यु भएका पत्रकार मनोहर ढकालको हत्या गर्ने चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्या संकाशपद हुनसक्ने भन्दै खोजिकार्य तिब्र पारेको थियो घटना भयको १० दिनपछि हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा ११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा छन् भने त्यस्तै, हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद गर्ने भीमफेदी गाउँपालिका ६ का दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा २ का नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्लाका डीएसपी यज्ञप्रसाद भट्टराईका अनुसार प्रारम्भिक समयमा हत्या सामान्य जस्तो देखिए पनि गम्भीर अनुसन्धानपछि दुई आरोपित पक्राउ परेका हुन् ।उनीहरुमाथि ज्यान मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।