surkhet

मेक्सिकोमा तेल पाईपमा विस्फोट हुँदा मृतु हुनेको संख्या ६६ पुग्यो ,

surkhet

माघ ६ , काठमान्डौ – मेक्सिकोमा एउटा तेलको पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने धेरै संख्यामा घाइते भएका छन्।

मध्यमेक्सिकोस्थित ईडाल्गो राज्यमा रहेको एउटा तेल प्रशोधन केन्द्रनजिकै स्थानीय समय अनुसार शुक्रवार राति विस्फोट हुँदा सयौँ मानिसले सो पाइपबाट चुहिरहेको तेल सङ्कलन गरिरहेका थिए।

घटनापछि राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले तेल चोरी रोक्नका लागि प्रयासहरू बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

Dailekh
Gorkha

बीबीसी सम्वाददाता इलेक्ट्रा नेस्मिथ भन्छिन्, भिडिओ फूटेजमा एउटा ठूलो आगोको लप्का र आत्तिरहेका मानिसहरू आगोबाट भागिरहेको देख्न सकिन्छ।
सरकारी स्वामित्वको प्रेमेक्स पेट्रोलियम कम्पनीले पाइपलाइनबाट अवैध रूपमा तेल निकाल्ने कार्यका कारण आगो लागेको जनाएको छ।

गत डिसेम्बरमा मेक्सिकोका राष्ट्रपतिले तेलचोरी नियन्त्रण गर्न एउटा महत्त्वपूर्ण कदम थालिएको बताएका थिए।
तर त्यस्तो सरकारी योजनाकै कारण कैयौँ राज्यमा तेलको चरम अभाव उत्पन्न भएको बताइन्छ।

सरकारी अधिकारीहरूका कारण तेलचोरीबाट गत वर्षमात्रै राज्यलाई तीन अर्ब डलर बराबरको नोक्सानी भएको बिबिसीले जनाएको छ ।

salyan