Simta
Gurvakot
Gurvakot

मौसममा परिवर्तन सुर्खेतमा पानि र हावा हुरी काठमान्डौ …

माघ ८ , काठमान्डौ – मौसम परिवर्तनले देशका विभिन्न जिल्लामा हिमपात परेको छ। , हुम्लामा ३ फिट सम्म हिउ जमेको छ भने आशपासक अजिल्ला डोल्पा मुगु , जुम्ला लगायतका जिल्लामा हिमपातले दैनिक कार्यमा कस्टकर बनायको छ।

तेस्तै विरेन्द्रनगर सुर्खेतमा आम्सिक बदलि भई पानि परेको छ। भने हावा हुरी चलेको छ हावाले गुर्भाकोट नगरपालिका बोटेचौरमा शुरु भयको माघी महोत्सवको टेन्टस्टेज उडायको छ।

जसले गर्दा आजको कार्यक्रम स्थगित भयको छ। महोत्सवमा आज नायक भुवन केसी र चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुति रहेको थियो।

lekbesi

तेस्तै काठमान्डौमा आज पानि पर्न सक्ने अनुमान गरिएको छ। मौसमविद् गङ्गा नगरकोटीका अनुसार अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुनेछ।

Simta

डडेल्धुरामा चट्याङ लागेर मंगलबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा आलिताल गाउँपालिका-३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

आलिताल गाउँपालिका-५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन्। दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ।

रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुनसक्ने बताइएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ५.० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ।