कांग्रेसका कारण पटक पटक प्रतिनिधि सभा बैठक अबरुद्द ,,

माघ ८ ,काठमाडौँ- कांग्रेश कार्यकर्ताले प्रतिनिधि सभाको रोष्ट्रम घेरेको छन । आफ्ना दुई नेताको नाममा खोलिएका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णयको विरोधमा कांग्रेसले विरोध गर्दै प्रतिनिधि सभामा चर्को नाराबाजी गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै विशेष समय लिएर सांसद प्रकाशमान सिंहले बोलेपछि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् ।

सांसद सिंहले तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल संघीय सरकारमा मातहतमा ल्याउने निर्णय सरकारले नगरेसम्म संसद बैठक चल्न नदिने घोषणा गरेका हुन् ।

lekbesi

उनले यो घोषणा गरेसँगै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै रोष्ट्रम घेर्न पुगेका थिए । तर, सभामुख महराले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटमा लागि स्थगित गरिएको छ ।

सोमबार पनि दुई पटक बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसकै अवरोधका कारण आजसम्मका लागि स्थगित भएको थियो । सोमबार नै राष्ट्रिय सभामा पनि कांग्रेसले अवरोध गरेपछि बैठक एक साता पर सरेको छ ।