मौसमका कारण स्थगीत बोटेचौर महोत्सव भोलिदेखि सुरु हुने, नायक भुवन केसी र सालको पात टपरी गायक कुलेन्द्र विश्वकर्मा ,,

माघ ८ , काठमान्डौ – गत १ गते देखि सुचारु गुर्भाकोट बोटेचौर महोत्सवमा भोलि नायक भुवन केसी र चर्चित गायक कुलेन्द्र बिकको प्रस्तुति रहने छ ।

महोत्सवमा आज प्रस्तुति रहेपनि प्राकृतिक कारणले देशैभर आयको वर्षा हुरीले कार्यक्रम स्थगित गरिएको महोत्सव आयोजकले जानकारी गरेको हो ।

lekbesi

महोत्सव यहि माघ १० गते सम्म प्रारम्भ हुने छ। चार दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानिय कलाकारको जमघट हुने यो महोत्सवमा भोलि भुवनकेसी , कुलेन्द्र बिक , धनराज चुनारा लगायतका कलाकारले आफ्नो प्रस्तुति राखेर दर्शकलाई मनोरंजन दिनेछन् ।

नायक केसी र कुलेन्द्र हिजो नै सुर्खेत बोटेचौर पुगिसकेका छन् । उनको आज प्रस्तुति रहेपनि मौसमका कारण भोलि प्रस्तुति राखीएको छ ।

युवाहरुको अभियान ,कृषि , कलासांकृति ,खेलकुद ,पर्यटन तथा व्यापारको प्रबदन भन्ने मूल नारा बोकेको यो माघी महोत्सवलाई मुख्य आयोजक दिपिशिखा समाज सुधार केन्द्र र गुर्भाकोट ९ वडा कार्यालयले आयोजना गरेको हो ।

कार्यक्रममा हिजोमात्र चर्चित हास्य वयाँग्य नायक कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले आफ्नो प्रस्तुति राखेका हुन्। तेस्तै सुर्के थैली खै , गोजीमा दाम छैन , कुतुमा कुटु जस्ता लोकप्रिय गीतका गायक राजन राज सिवाकोटी पनि कार्यक्रममा जाने जानकारी रहेको छ  ।