दुई करोड ठगेर फरार भएकी सरिता राना दरबारमार्गबाट पक्राउ,,

माघ,८ पोखरा – सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउदै साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैंको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले घरजग्गा खरिद गर्न, जग्गासँग घर, घरसँग जग्गा साटिदिने प्रलोभन देखाएर ठगेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।
पोखरा ,२६ अर्घौंका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनारलगायतले सरिताबिरुद्ध उजुरी दिएका थिए ।

सरिताले स्थानिलाई घर र जग्गा छ भन्दै पैसा उठाउने गरेकी हुन्न तर उनीसंग घार नभयको फ्ल्याट भाडामा लिएर बस्ने गरेको उनले कामगर्ने कामदार समेत राखेको र यौटा सरिता संग प्राइभेट कार पनि रहेको जनाएको छ ।

उनले पोखरा-२६ अर्घौंकी दिलमाया पुनसँग सबैभन्दा बढी एक करोड ७० लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।ठगीको उजुरी दिने मध्येकी पुनले आफूसँग पटकपटक गरेर सरिताले उक्त रकम लगेको बताइन् ।
सरिताले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिदै शुरुमा ५० हजार, एक लाख, दुई लाख गर्दै १० लाखसम्म लगेर फर्काएर विश्वास दिलाएर थप एक करोड लिएको पुनको दावी छ ।
एक करोड लगेपछि भने घर दिन्छु, जग्गा दिन्छु भन्दै लोभ्याएर थप रकम लिएको उनको भनाइ छ । उनले पटक पटक गरेर [ऐस लिने नसके पछि घर दिन्छु भन्दै ठग्दै गरेको बयानमा उल्लेख छ।
ठगीका लाखौ बुद्दि भनेजस्तै कहिले जग्गा बेच्दै छु त कहिले फसेको पैसा आउदै छ भन्दै अर्का जित बहादुर पुनको १० लाख सरिताले ठगेकी हुन्।उनले आफु संग हार्डवेयर पसल छ, भन्ने त कहिले कम्पनीको मालिक हुँ भन्दै घर बनाउनका लागि ऋण दिन आग्रह गर्दै पैसा लगेको उनको भनाइ छ ।
पैसा लगेपछि एनआईसी एसिया बैंकको चेक दिने र चेक साट्न जाँदा तीन पटकसम्म बाउन्स भएपछि प्रहरी गुहार्नुपरेको जीतबहादुरले बताए । सरिताले आफुले रकम लिएर फिर्ता नगरेको स्वीकार गरेकी हुन् ठगीको आरोपमा पक्राउ परेकी रानालाई प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।
