काठमान्डौ गोंगबुको एक होटेलमा प्रहरीले गोली चलायो देब्रे खुट्टामा गोलि …
माघ८ , काठमाडौं – काठमान्डौको गोंगबुस्थित शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले एक जनामाथि गोली चलाएको छ । गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर गोली हानेको जनाइएको छ ।
उनको देब्रे खुट्टामा गोली लागेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् । गोलि लागेका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको लामाले बताए । तामाङको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको वसन्त लामाले दाबी गरे ।

डीएसपी बोगटीका अनुसार गएरातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आएको थियो । सोही आधारमा मंगलबार साँझ प्रहरी टोली त्यहाँ पुग्दा पेस्तोल देखाएपछि गोली चलाउनु परेको उनले बताए ।