रुकुम चौरजहारी

ओखलढुंगा र सोलुखुम्बुमा बाक्लो हिमपात यातयात अबरुद्द ,,

रुकुम आठ विसकोट

माघ ९ ,ओखलढुंगा – हिजो रातिबाट परिवर्तन भयको मौसमले देशका विभिन्न जिल्लामा असर गरेको छ ।ओखलढुंगा र सोलुखुम्बुका विभिन्न भागमा हिमपात भएको हो । दुई जिल्लाका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा ओखलढुंगा,सोलु सडकखण्डको पत्तालेमा सडक अवरुद्ध भएको छ।

ओखलढुंगाका देम्वा, खिजी, पात्ले, सिद्धिचरण नगरपालिकाको ठाडे, रावादोलु भुसिंगालगायतका क्षेत्रमा हिमपात भइरहेको छ।

सोलुखुम्बुको पिके, पत्ताले, रात्नाङ्गेलागयतका उच्च क्षेत्रमा हिमपात भइरहेको छ। हिमपातका कारण सोलु दुधकुण्ड नगरपालिकाको पत्तालेमा सडक अवरुद्ध भएको सोलु एफएमका प्रबन्ध निर्देशक नुतन श्रेष्ठले बताए।

उनका अनुसार सोलुबाट ओखलढुंगा र ओखलढुंगाबाट सोलु जाने सवारी बिहानैदेखि रोकिएका छन्। हिमपातले किसानलाई भने खुसि तुल्याएको छ ।किसानले लगायको अन्नबालीमा पानि चर्न पर्ने झन्झट गयको छ ।

ओखलढुंगाको भूभागमा यातायत संचालन भएपनि सोलु खण्डमा भने अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शरण दाहालले बताए। दाहालका अनुसार सोलुखण्डमा भने भारी हिमपात भइरहेको छ।