राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी
जेठ ६ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपतिले शपथसम्बन्धी अध्यादेश र कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्रीले ‘ईश्वर, भनें शब्द वाचनपनि छुटाएका थिए। राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग १५ दिनभित्र लिखित जवाफ मागेको छ ।
प्रधानमन्त्री ओलीले आफुले सपथ लिएपछि नियुक्ति गरेका ७ मन्त्रीलाई समेत सर्वोच्चले आज बदर गरेको छ। गैर सांसद मन्त्री हुन नपाउने भन्दै बदर हुनेमा माओवादीबाट एमालेमा प्रवेश गर्नेहरु छन्।