Gold
Bangad salyan

गोकुल बाँस्कोटा विरुद्द अख्तियारमा उजुरी ,

फागुन ११ ,काठमान्डौ – निवर्तमान सञ्चार तथा सुचना प्रविधि मन्त्रि गुकुल बाँस्कोटा विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बाँस्कोटालाई भ्रस्टाचारजन्य कसुरमा अनुसन्धान गरि कारवाहीको माग गर्दै आईतबार उजुरी परेको अख्तियार श्रोतले जानकारी गरेको हो।

अख्तियारमा विभिनन मागबाट उजुरी पर्ने गर्दछन बाँस्कोटा विरुदपनि उजुरी परेपछि अनुसन्धान गर्न आफुहरुको दायित्व भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि नेकपा पार्टी भित्र देखि विपक्षिदल सर्वसाधारणबाट चर्को विरोध भएको छ ।अडियो प्रकरण बाहिरिएपछि बाँस्कोटाले मन्त्रि पदबाट राजिनामा दिएका छन् ।