Gold
Bangad salyan

राजनीतिक आडमा दश वर्षदेखि वाग्लुङ्गको निसीखोला प्रभा माविमा प्रावि दरबन्दीका नवराज आचार्य प्रधानाध्यापक

काठमान्डौ – वाग्लुङ्गको निसिखोला गाँउपालिका वडा न ३ मा पर्ने प्रभा मावि विद्यालयमा रहेका हालका प्रधानाध्यापक नियमविपरित नियुक्त गरिएको खुलेको छ।

राजनीतिक बलमा नियम मिचेर प्रावि दरबन्दीका शिक्षक नवराज आचार्यलाई प्रधानाध्यापक बनाईएको छ भने सिनियर माविका शिक्षकहरु अन्यायमा परेका छन् । उनि करिब दश वर्ष देखि प्रअ चलाईरहेका छन्।

सिनियर मावि दरबन्दीका शिक्षकहरु मोहन सापकोटा ,ईश्वरी अर्याल , राम प्रसाद घिमिरे ,दिलमाया सोनी लगायतले आफुहरुलाई प्रअमा नियुक्त गर्न विद्यालय व्यावस्थापन अध्यक्ष जुन विक्रम शाहीलाई निवेदन दिएका छन्।

 

तर पनि निवेदन दिदा समेत हालका प्रअ नवराज आचार्य र विविस अध्यक्ष जुन विक्रम शाहीको व्याक्तिगत स्वार्थ र मिलेमतोमा आलटाल गरिरहेका छन्।

हालका प्रअ नवराज आचार्य जनमोर्चा पार्टीका निकट रहेको खुलेको छ भने विद्यालय व्यवस्थापन अधय्क्ष जुन विक्रम शाही एमाले पार्टीका हुन्। यो भन्दा पहिले पनि मावि दरबन्दीका हरिचन्द्र पाण्डे प्रभा माविमा कार्यरत हुँदै गर्दा पनि राजनीतिक आडमा नवराज नै प्रअ थिए।