ब्रेकिङ: अन्तर्राष्ट्रिय उडान ठप्प हुँदै,

चैत ५ ,काठमान्डौ – कोरोना महामारीले विश्वनै त्रसित भईरहेकोबेला नेपालमा पनि यसको सावधानी अपनाउने तयारी भईरहेको छ ।

महामारिकाबीच अन्तराष्ट्रिय हवाई उडानहरु बन्द हुने अवस्थामा पुगेको छ । आज बुधबार बसेको नेपाल सरकारको निर्णयले थप अन्तर्राष्ट्रिय उडानहरु रोकिने पक्कापक्की जस्तै भएको जानकारी दिएको छ ।

कोरोना सुरक्षा संवेदनशिलताका लागि भन्दै सरकारले बुधबार युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, वा अन्य मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गतेसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

कोरोन प्रभावित मुलुकहरुदेखि सम्भावित देशहरुले समेत धमाधम आफ्ना बोर्डर तथा पोर्टहरु लक गर्न थालेपछि हवाई उडान प्रभावित हुने देखिएको हो ।

यतिखेर देशहरुले आफ्नो सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै विदेशीहरुको आगमनदेखि देश भित्रने र बाहिरिने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गराउन थालेका छन् ।

युरोप र ईटालीयन मुलुकमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसँगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो ।

यो अवस्थामा अन्तर्राष्ट्रिय उडान अब जम्मा ५ देशमा सिमित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गरेको छ ।