Gold
Bangad salyan

प्रतापपुरको मुख्य सिमा नाकामा हेल्थ डेस्कको स्थापना ,

चैत्र ७ ,नवलपरासी पश्चिमी – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको मुख्य नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को स्थापना गरिएको छ ।

गाउपालिकाको वडा नं.-६ भित्र रहेको गूठि प्रसौनी छोटी भन्सार कार्यालय नजिक कोरोना भाईरस कोबिड–१९ का बारेमा सतर्कता अपनाउन तथा स्वास्थ्य चेकजाच गर्ने उद्देश्यले गाउपालिका द्वारा सिमा नाकामा हेल्थ डेस्क स्थापना गरि संचालन गरेको छ ।

विभिन्न मुलुक लगायत छिमेकी देश भारत र चीनमा पनि कोरोना भाइरसको संक्रमण भएको तथा भारतको सिमा नाका खुल्ला भएकोले उच्च जोखिम रहेको हुनाले नेपाली जनतालाई सचेत गराउने उद्वेश्यले प्रतापपुर गाउँपालिकाको मुख्य नाकामा स्वास्थ्य चौकीका कर्मचारीलाई खटाएर हेल्थ डेक्स अर्थात स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताएका छन ।

सिमा नाकामा हेल्थ डेस्कको स्थापना गर्नका लागि विशेष पहल गर्नु भएका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीलाई धन्यबाद समेत दिनु भएका थिए ।

कोरोना भाइरसले जताततै त्रास फैलाएको हुनाले कोरोना सित नडराई सावधानी अपनाउनु पर्ने र सामूहिक सरसफाइ, व्यक्तिगत सरसफाइ, समूहमा नहिडने साथै कोरोना भाईरस सम्बन्धि जानकारी भएका व्यक्तिले अरु व्यक्तिमा जानकारी गराउन सशस्त्र प्रहरी बल गूठी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले आग्रह गर्नुभएका थिए ।

उक्त कक्ष उद्वघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डे,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गूठी प्रसौनीकस सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी,प्रतापपुर गाउँपालिका वडा नं.-५ का वडाध्यक्ष त्रिभुवन सिंह वडा नं.- ६ का वडाध्यक्ष रामहरि उपाध्याय वडा नं-८ का वडाध्यक्ष कादीर अलि र प्रतापपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहा गाउपालिकाको स्वस्थ्य संयोजक ऋषि देव चौधरी लगायतका बक्ताहरुले कोरोना भाइरस कोविड-१९ बाट सचेत रहन र सरसफाइ प्रति ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी सुस्ता गाउँपालिकाको मुख्य नाकाको रूपमा रहेको नथइनगरमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरसलाई मध्यनजर गर्दै भारतबाट नेपाल भित्रने नागकिलाई परिक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो ।

सहयाता कक्षा उद्धघाटन कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्याल, प्रहरी चौकी रामनगरका इन्चार्ज अमर बहादुर विक, वडा नं.-५ का वडाध्यक्ष प्रभुनाथ यादव, गाउँपालिका योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लगायतले कोरोना भाइरसबाट सचेत रहन तथा लक्षण बारे जानकारी गराउनु भएका थिए।

अंगद यादव ,नवलपरासी पश्चिमी,