रोल्पामा जिप दुर्घटना २० जनाको दु:खद निधन
रोल्पा – थबाङ गाउँपालिका–१, जलजलामा आज जीप दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिले म स्तब्ध र मर्मात बनाएको छ।
वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने मेला तथा पूजामा सहभागी हुन जाँदै गरेका यात्रु सवार लु १ ज ४१६७ नम्बरको बोलेरो जीप भीरबाट खस्दा २० जनाको घटनास्थलमै दुःखद निधन भएको र १ जना घाइते भएको खबर अत्यन्तै अप्रत्यासित र अकल्पनीय छ।
उक्त जीपमा सवार अधिकांश तीर्थयात्रीहरू छिमेकी जिल्ला रुकुमपूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका रहेको बुझिएको छ।
प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सक्रिय सहभागितामा उद्धार कार्य जारी रहेको छ भने निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाइ उत्पन्न भइरहेको घटनास्थलमा रहनुभएका थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढाले जानकारी दिनुभएको छ।
घाइतेको थबाङ अस्पतालमा उपचार भइरहेको छ।म थबाङमा रहेर उद्धार कार्यको समन्वय गरिरहेको छु।
जलजला क्षेत्रमा पानी लगातार परिरहेकाले भोलिदेखि जलजलामा हुने वैशाख पूर्णिमा मेलामा सहभागी हुन यात्रामा रहेका सम्पूर्ण तीर्थयात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। फाईल तस्वीर वैशाख १७

