Gold
Bangad salyan

भरतपुरमा सुरु भयो ७० शैयाको कोरोना विशेष अस्पताल ,

चैत ७ ,चितवन – ( कोभिड १९ ) कोरोना संक्रमण संग जुध्न भरतपुर महानगरपालिका १० मा  ७० शैयाको कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको छ ।

विश्वभरिनै महामारीको रुपमा फैलदै आईरहेको कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले विभिन्न कदम अगाडी बढाएको छ ।

कोरोना भाईरससंगको साझा लडाईमा एकताबद्ध बन्न र सबै आतंकित नभई सतर्क रहन महानगरपालिकाकी मेयर रेणु दाहालले आग्रह गरेकी छिन ।

साथै कोरोना संक्रमणबाट बच्न पहिलो पहलकदमीमा साथ् दिने सबैमा दाहालले आभार समेत व्यक्त गरेकी हुन् । उक्त विशेष अस्थायी अस्पताल आज देखि प्रारम्भ भएको छ ।

विश्वका अधिकांस मुलुक अहिले कोरोना संक्रमणबाट दुखित छन् सुखद पक्ष नेपालमा अहिले सम्म देखिएको छैन ।