कोरोना संक्रमण भए नभएको तिन घण्टामा पत्ता लगाउने किट्स नेपालमा ल्याईदै ,
चैत १३ ,काठमान्डौ – (कोभिड १९) संक्रमण भए नभएको तिन घन्टामा जाँच् पत्ता लगाउने प्रयोग गरिने किट्स नेपालमा ल्याईदै छ ।
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले दुई हजार किट्स नेपाललाई उपलब्ध गराउन थालेको छ ।
योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ।
किट्स उपलब्ध गराउने सन्दर्भमाएनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ ।
। प्रति किट्स बीस हजार कोरियाली वन (रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख लाग्ने अनुमान छ।
यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन्।
हाम्रो मातृभूमि नेपालले कोरोना भाईरसका कारण जुन विषय परिस्थिति भोग्नुपरेको छ तेस्का लागि सम्पूर्ण कोरियाली नेपालीहरुमा कोभिड १९ चेक गर्ने किट्स खरिदमा सहयोग गर्न सुवेदीले बताए ।
उक्त किट्सले मानिसमा कोरोना संक्रमण भए नभएको तिन घण्टामानै पत्ता लगाउने गरेको पनि उनले बताए ।
बिहीबार दिनभर सहयोग संकलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पुर्याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए।
दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन्। हालसम्म यहाँ रहेका नेपाली कोरोना संक्रमण हुनबाट सुरक्षित छन्।

