सामाजिक संजाल भरि ईसेवा रिप ,बहिस्कारको अभियान ,
चैत २० ,काठमान्डौ – सामाजिक संजालभरि ईसेवा रिप भनेर प्रयोगकर्ताले लेखेको पाईएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको आरोप लागेसँगै यस सम्बन्धमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।
e-सेबाको नामबाट मोबाईलमा रिचार्ज गर्नुपरे मोबाइल नै नबोक्ने निर्णय गरियो ।अरु त के?
Gepostet von कुन्साङ कान्छा am Mittwoch, 1. April 2020
आफुविरुद समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।
मंगलबार महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा काठमान्डौ प्रेस अनलाईनले समाचार प्रकाशन गरेको थियो ।
#RIP_ESewa
Let's uninstall this one. pic.twitter.com/zqAGmZsW69— Dynamic Contrast (@SanjayShiwakoti) April 2, 2020
उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।
तर उक्त संचार डिलिट भएको काठमान्डौ प्रेशले बताएको छ । संचार पोर्टल आफ्नो नियन्त्रणमा आएपछि काठमाडौं प्रेसले सो समाचार पुनः प्रकाशित गरेको छ ।
डिजिटल भुक्तानीमा सेवाप्रदायक गरिरहेको ईसेवाका मालिक रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका छन् ।
ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट। ईसेवावाले @eSewaNepal ले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ।
— Gajendra S. Budhathoki 🇳🇵♿ (@gbudhathoki) April 1, 2020
वेबसाइट ह्याक र समाचार डिलेटका सन्दर्भमा अस्गर अलीसँग पटक-पटक सम्पर्क गर्दा उनी सम्पर्कमा नआएको र काठमान्डौ प्रेसले कानुनिबाटो रोज्ने बताएपछि सम्पर्कमा आएका काठमान्डौ प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्माले बताए ।
ईसेवाको सहयाक कम्पनी सिरान टेक्नोलोजीज काठमाडौं प्रेसको वेभ डेभलपर हो । आफ्ना सञ्चालकको विषयमा समाचार आएपछि उसैले समाचार डिलिट गरिदिएको आरोप लागेको छ ।
यसैले ईसेवा बहिस्कार ,
सिरान टेक कम्पनी र इसेवा एउटै सञ्चालकले चलाएका भगिनी कम्पनी हुन् । उनीहरू दुवै चीनबाट सामान खरिद अनियमिततामा जोडिएका प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली सञ्चालक रहेको कम्पनी एफ वान सफ्ट मार्फत सञ्चालित सहायक कम्पनी हुन् ।
त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ ।
काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेको छ । उनै अलीको नाम जोडिएपछि उसले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको काठमाडौं प्रेसको दाबी छ।
के हाम्रो KYC detail #esewa मा सुरक्षित छ त अब ??
झन f1soft ले नै mostly Nepalese bank हरु को mobile banking apps develop गरेको छ !!
Misuse त हुदै छैन नि ?— Ravi DHami (@theravidhami) April 2, 2020
मंगलबार काठमाडौँ प्रेसले अस्गर अली समेतको नाम मुछेर समाचार प्रकाशन गरेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ ।
तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।
समाचार हटाउन नमिल्ने जवाफ दिएपछि बुधबार बिहान ११ बजेर २० मिनेटमा सिरान टेक्नोलोजीका व्यवस्थापनका प्रज्वल महर्जनले काठमाडौँ प्रेसका सम्पादकलाई फोन गरी समाचार हटाउन पुनः दबाब दिएका थिए ।
Isn’t the alleged company and the frauds here promoters of @eSewaNepal too? I think so. Ashgar Ali and Bishwas Dhakal run Esewa. They have become the next Bhatbhateni. Need boycotting! https://t.co/Z1tLsldlUo
— SJ (@SJoshiKtm) April 1, 2020
तर समाचार हटाउन नसकिने जवाफ दोहोर्याएपछि उनीहरुले करिब ११ः२५ बजे उक्त समाचार डिलिट गरेको काठमाडौँ प्रेसले बताएको छ ।
काठमाडौँ प्रेसका अनुसार समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सिरान टेक्नोलोजीले नयाँ एडमिन क्रियट गरेको थियो ।
समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए ।
तर त्यसको २ मिनेटमा नै admin.info@gmail.com नामबाट एडमिन क्रिएट गरी उक्त समाचार डिलिट गरिएको काठमाडौँ प्रेसले जनाएको छ ।
सिरान टेक्नोलोजीजले आफ्नो अधिकारक्षेत्रमै नपर्ने समाचार डिलिट मात्र नगरेर डेढ घण्टा एडमिनमा समेत कब्जा जमाएको काठमाडौँ प्रेसले जनाएको छ ।
समाचार डिलिट भएको समय बिहान ११ः३० बजेदेखि अपरान्ह १ बजेसम्म न्युज पोष्ट गर्न समेत नमिल्ने गरी एडमिन कब्जा गरेको भन्दै यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने काठमाडौँले प्रेसले बतायो ।
यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि यसका प्रयोगकर्ता झस्किएका हुन् ।
किनकी ईसेवाको ग्राहक बन्दा ग्राहकले आफ्नो ब्यक्तिगत जानकारीदेखि बैंकिङ्ग जानकारीसम्म सबै दिनुपर्छ ।
तर यसरी आफूलाई चित्त नबुझ्ने वित्तिकै मिडियामा समेत आक्रमण गर्नेले सर्वसाधारणलाई के बाँकी राख्लान् भन्ने प्रश्न ग्राहकले उठाएका छन् ।
इसेवाका ग्राहकमध्येका एक नारायण पन्तले इसेवाका सञ्चालकको विषयमा जे कुरा बाहिर आएको छ त्यसले आफूलाई झस्काएको बताए ।
उनले भने, ‘इसेवाका संचालकको विषयलाई लिएर जेजस्तो समाचार आएको छ । त्यो विषयले एक ग्राहकको नाताले मलाई पनि छोएको छ । कतै हाम्रो इसेवा खातामा रहेको पैसा तलमाथि त हुने होइन ?’
उनले आफू इसेवा प्रयोगको सन्दर्भमा सशंकित भएको बताए ।
ट्वीटरमा राज शाहले बैंकिङ एप र इसेलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।
यस्तै निरज बी नाम गरेका ट्वीटर प्रयोगकर्ता भन्छन्–इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर्छ। इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ।
पत्रिका ह्याक गरेर समाचार डिलिट गर्ने आइटी कम्पनीले चलाएको (eSewa) @eSewaNepal आजबाट Deactivate गर्ने निर्णय गरेँ । यसले भोलि हाम्रो खाताबाट पैसा पनि ह्याक गर्दैन भन्ने के छ ?
तपाईं पनि गर्नुस् ! https://t.co/S6GTwrbAeH— घरै बसौं ! (@iamsarika003) April 2, 2020
यी त उदाहरणमात्रै हुन्, सामाजिक सञ्जालमा इसेवाको विश्वसनीयता पनि अत्यधिक प्रश्न उठेको छ भने कतिले त इसेवाको आईडी बन्द गर्ने र इसेवाको एप पनि अनइन्स्टल गर्ने बताएका छन् ।
१० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेको गलत कार्यको परिणाम नराम्रो हुने आँकलन गर्छन पत्रकार गजेन्द्र बुढाथोकी ।
‘ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट। ईसेवावाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ’, बुढाथोकीले ट्वीटरमा भनेका छन् ।
सञ्चालकहरुले विश्वासमा डेभलप र डिजाइन गर्न दिएको मिडियानै ह्याक गरेर समाचार हटाएपछि सिरानटेक कम्पनीको विश्वासनियतामाथी नै प्रश्न उठेको छ ।
उसले डेभलप गरेका अन्य वेवसाइटहरु पनि असुरक्षित देखिएको भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका छन् ।
वेभसाईड ह्याक र संचार डिलिटको विषयमा कानुनविदहरुसंग कुरा अगाडी बढाईएको काठमान्डौ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माले विज्ञप्तिमार्फत बताएका छन् ।
यसैबीच सामाजिक सञ्जालमा इसेवा सञ्चालक तथा इसेवाको चर्को आलोचना हुन थालेपछि इसेवाले ग्राहक जोगाउन हतार हतार ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।रातोपाटि र काठमान्डौ प्रेस ,

