नेपालमा थप एक जनालाई कोरोना संक्रमणको पुस्टि ,
चैत २० ,काठमान्डौ – नेपालमा थप एक जनालाई (कोभिड,१९ ) कोरोना संक्रमणको पुस्टि भएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।
यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको छ । मन्त्रालयले छैटौं संक्रमितका बारेमा भने कुनै जानकारी दिएको छैन ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमितक व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । संक्रमित ६ जना मध्ये १ जना भने निको भएर गैसकेका छन् ।

