Gold
Bangad salyan

नेकपा बैठकमा प्रधानमन्त्री ओलीले भने स्वास्थ्य सामग्री खरिदबारे मलाई केहि जानकारी छैन ,

चैत २६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरना रोकथाम तथा नियन्त्रणको लागि खरिदगरिएको विवादास्पद स्वास्थ्य सामग्री सम्झौताबारे आफुलाई केहि जानकारी नभएको नेकपा बैठकमा बताएका छन ।

ओम्‍नी समूहसँग स्वास्थ्य विभागले गरेको स्वास्थ्य सामग्री खरीद सम्झौता पारदर्शिता र खरिद मूल्यमा विवाद देखिएपछि ठेक्का रद्द गरिएको थियो ।

स्वास्थ्य सामग्री खरिद विवाद भएपछि चौतर्फी विरोध भएको थियो । यहि विषयलाई लिएर मंगलबार पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका डीजी (महानिर्देशक) स्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गरेको सचिवालयका एक सदस्यले बताए।

बैठकमा नेकपाका नेताहरुले सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे स्पष्ट गर्न माग गरेका थिए। प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैंले निर्णय लिएको सुनाएका थिए।

स्वस्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको पनि थाहा भएन रद्द गरेको पनि थाहा भएन यो स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई गर्ने अधिकार छ महानिर्देशकलेनै गरेका हुन् यो बारेमा मन्त्रि सचिवलाई कसैलाई थाहा नभएको सचिवालयका एक सदस्यले बताए ।

स्वस्थ्य समाग्री खरिद अनियमितता के के भएको हो आफै छानबिनको प्रक्रियामा छु ।ओम्नी समूहका सदस्यको प्रधानमन्त्री ओलीसँगै निकटसम्बन्ध रहेको समाचार प्रकाशमा आएकै बेला बैठकमा सचिवालयका अन्य सदस्यहरुले ओम्नी समूहसँग सरकारको सम्बन्धबारे सोधेका थिए । प्रधानमन्त्री ओलीले पार्टी नेताहरुलाई स्पष्ट पारेका हुन्।

यसअघि ठेक्का रद्द गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी समूहले स्वास्थ्य उपकरण खरिद गर्दा गरेको कबोलअनुसार काम गर्न नसकेको र ३ किस्तामा ल्याउने भनेको सामान समयमै ल्याउन नसकेपछि सम्झौता रद्द गरेको बताएका थिए।

यो निर्णय नितिसम्मत भएको नै प्रधानमन्त्री ओलीले हिजोको रास्ट्रको नाममा सम्बोधन गर्दै बताएका छन् ।

मानव जातिविरुद्द आइलागेको रास्ट्रिय र विश्वव्याप्यी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्ने पर्ने अवस्थामा सरकारलाई असफल देखाउन आफ्ना विभिन निहित स्वार्थ पुरा गर्न मानव जातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। ’प्रधानमन्त्री ओलीले सम्बोधनमा बोलेका छन् ।

कहिकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन ओलीले भनेका छन् ।

ओलीले कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणसम्बन्धी मेडिकल सामग्री खरिदको जिम्मा नागरिक प्रशासनअन्तर्गत नै नेपाली सेनालाई दिएको स्पष्टिकरण दिएका छन्।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोरना संक्रमण रोक्न सरकारले गरेको वैशाख ३ गते सम्मको लकडाउनलाई सबै नागरिकले पालाना गर्न पनि ओलीले आग्रह गरेका छन् ।