Gold
Bangad salyan

काठमान्डौ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय क्यान्सल ,

चैत २७ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द भएको छ ।

लकडाउनमा परेर अलपत्र परेका काठमान्डौ उपत्यकामा रहेकाहरुलाई भोलि र पर्सि पठाउने निर्णय परिवर्तन भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएको हियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएपछि उक्त निर्णय रद भएको हो ।

हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन नेम्वाङले भने ।