बारपाक सुलिकोटको जनता जहाँ भएपनि सहयोगमा जुट्नुहोस नेकपा बारपाक अध्यक्ष गुरुङ,
चैत २८ ,काठमान्डौ – कोरोना भाइरस (कोभिड-१९) को माहामारीबाट गोरखा बारपाक सुलिकोट गाउँपालिकाका जनतालाई समस्या परे तुरुन्त उद्दार र सहयोगमा जुट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले आग्रह गरेका छन्।
एक प्रेस बिज्ञप्ती जारी गर्दै अध्यक्ष गुरुङले कोभिड-१९ को संक्रमणबाट विश्वमामा ज्यान गुमाउनेहरुप्रति श्रदान्जली व्यक्ति गर्दै संक्रमितको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।
नेपालमा हालसम्म कोभिड-१९ बाट ९ जना संक्रमित फेला परेको छ भने ति मध्ये एक जना ठिक भएर घर फर्किसकेका छन् ।
नेपाल संक्रमणकालको दोस्रो चरणमा प्रवेश गरेको सरकारले भनिसकेकोले हामि गम्भीर भएर सावधानी अपनाउन सकेनौ भने झनै भयावह हुनसक्ने गुरुङले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाले अहिले सबै संयन्त्रलाई प्रयोग गरी कोभिड-१९ रोकथामको लागि सक्रिय रहदै आएकोमा पनि अध्यक्ष गुरुङले आभार प्रकट गरेको छ ।
त्यस्तै यो विषम परिस्थितिमा आफ्ना गाँउपालिकाका नागरिक जुनसुकै ठाँउमा रहेपनि विभिन्न किसिमको सहयोग गरिने र जनतालाई जस्तो सुकै परिस्थितिमा सहयोग गर्न पार्टी कार्यकर्तालाई निर्देशन गरि सकेको पनि गुरुङले बताए।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै बेस हुने भएकाले सावधानी अपनाउनुनै उतम उपाय रहेको गुरुङले बताए ।
त्यस्तै कोभिड-१९ संक्रमणको महामारीबाट बच्नका लागि १२ बुदाका कार्यभारहरु सार्वजनिक गर्दै त्यस कार्यभार पूरा गर्न बारपाक सुलिकोट गाउँपालिकाका पार्टी पङ्तीलाई निर्देशन गरेको पनि अध्यक्ष गुरुङले बताए ।
कोभिड-१९ रोकथामको लागि सहयोग अभियानको रुपमा सक्रिय रहन अपिल गर्दै पार्टीको तर्फबाट अभियान सफल पार्नका लागो समन्वय समिति र वडा कार्यदल गठन गरिएको र आवश्यकता अनुसार टोल टोलमा कार्यदल निर्माण गरि सक्रिय रहन निर्देशन गरेको छ ।
अहिलको यो महामारी परिस्थितिमा खटिरहेका बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति गुरुङले हार्दिक आभार प्रकट गरेका छन् ।
संक्रमित मुलुक विभिन्न देशबाट आएका व्यक्तिलाई वडा वा गाँउपालिकामा जानकारी दिन र कोरोना लक्षनका मिल्दा जुल्दा लक्षन देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क पनि आग्रह गरिएको छ ।
कोरोना महामारी संक्रमणबाट बच्न सरकार र नागरिकको दुरी कायम राख्न र सरसफाईमा ध्यान दिदै लकडाउनको पालना गर्नपनि अध्यक्ष गुरुङले आग्रह गरेका हुन् ।
कोरोना संक्रमणको महामारीबाट बचाउन रोकथाम तथा नियन्त्रणको लानी निम्न कार्यहरु अगाडी बढाएको बारपाक सुलिकोट गाँउपालिकाले जनहितमा जारि गरेको छ।
१) कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि संघ, प्रदेश र गाउँपालिका सरकारको गतिविधिमा सक्रिय साथ र सहयोग पु¥याउने ।
२) विदेश वा बाहिरबाट भर्खरै आएका ब्यक्तिहरुको तथ्याङ्क लिई आवश्यकता अनुसार होम क्वारेन्टाइन वा आइसुलेसनमा राख्न गाउँपालिकालाई सहयोग गर्ने ।
३) लकडाउनको उलङ्घन हुने खालका गतिविधहरु जस्तैः हुल बनेर हिड्ने, खसी रागो काटी भोजभतेर गर्ने, सामुहिक मनोरन्जन तथा भेटघाट गर्ने लगायतका कार्यहरु भएको पाइएमा उक्त कार्यहरु तत्काल रोकी नागरिक दायीत्व पूरा गर्न अनुरोध गर्ने ।
४) गाउँपालिका र प्रत्येक वडाहरु प्रवेश गर्ने नाकामा निगरानी बढाउने र नयाँ मानिसहरुको प्रवेशमा सावधानी अपनाउने ।
५) कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउनका लागि सचेतनामूलक कार्यहरु गर्ने गराउने ।
६) कोभिड–१९ को संक्रमणबाट बच्नका लागि कम्तीमा माक्स, पन्चा, सेनिटाइजर प्रयोग गर्न गराउनका लागि जनचेतना जागृत गर्ने ।
७) लकडाउनको कारण गाउँपालिका बाहिर अलपत्र भएका बारपाक सुलिकोटका नागरिकहरुको उचित ब्यवस्थापन, राहत सहयोग वा उद्दार गरी आ–आफ्नो घरमा ल्याई क्वारेन्टन वा आइसुलेसनमा आवश्यकता अनुसार राख्नको लागि पहल गर्ने ।
८) लकडाउनका कारण मजदुरी गरी जिवकोपार्जन गर्दै आएका परिवारहरुलाई समस्याग्रस्त भएमा उनिहरुलाई आवश्यक राहतको लागि बिभिन्न निकायहरुमा पहल गर्ने।
९) लकडाउनका कारण बिपतमा परेका ब्यक्तिहरुको उद्दार, सहयोग र संरक्षणको लागि पहल गर्ने ।
१०) कोभिड–१९ को संक्रमित फेला पारेमा वा शंका लागेमा तत्काल सम्वन्धित निकायहरुमा खबर गरी आवश्यक उपचारका लागि पहल गर्ने ।
गाँउपालिका भित्र कुनैं समस्या देखिए निम्न व्यक्तिमा सम्पर्क गर्नपनि अध्यक्ष गुरुङले आग्रह गरिएको छ।
सम्पर्कको लागि, नरबहादुर गुरुङ (९८४१६३६१२७),सुजन गुरुङ (९८४१४८६६०९), अनुप श्रेष्ठ (९८५१०६१७०१), धिरज उपरकोटी (९८५१००३९५८)

