वीरगञ्ज बसेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि,
चैत ३० ,वीरगञ्ज- पर्साको वीरगञ्जमा बसेका तिन भारतीयामा कोरोना संक्रमणको पुस्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।
वीरगञ्जबाट नमुना संकलन गरी शुक्रबार हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरि परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो ।
ति मध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको छ संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए ।
उनीहरु १३ दिनदेखि वीरगञ्ज,२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।
सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु लकडाउनका कारण फर्किन पाएका छैनन्।

