लकडाउन उल्लंघन गर्ने ७५ हजार जनालाई कारवाही ,
चैत ३० ,काठमान्डौ – कोरोना संक्रमणको विश्वमाहामारीबाट बच्न सरकारले गरेको लकडाउन उल्लघन गर्ने ७५ हजार ३ सय १३ जनालाई कारवाही गरिएको क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।
क्राइसिस म्यानेजमेन्टको आईतबार बसेको बैठकले ३२ हजार ७२४ सवारी साधन नियन्त्रणमा लिएको बताएको छ ।
तेस्तै कारबाही गरिएकामध्ये ५७ हजार ३ सय २ सर्वसाधारण र २७ हजार ४ सय ४२ सवारीलाई प्रक्रिया पुर्याएर छाडिएको समितिले बताएको छ ।
तेस्तै समितिले लकडाउनका कारण विभिन्न स्थानमा अड्किएका ४ हजार ४६ जना पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइ सम्बन्धित देश पठाएको छ ।
समितिले देशभर हालसम्म २९ हजार ३ सय ८९ क्वारेईनटाईन बेड बनाएको जानकारी दिएको छ ।
तीन हजार १ सय १४ आइसोलेसन कक्ष निर्माण भएका छन् । ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा भर्नारत रहेको समितिले आइतबारको बैठकमा जानकारी दिएको छ ।

