Gold
Bangad salyan

कोरोना महामारीका विरुद्द नेपालि जनतामा पूर्ण सफलता हासिल गर्ने अवसर मिलोस प्रचण्ड ,

वैशाख १ ,काठमान्डौ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँवर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा सुभकामना दिएका छन्।

अध्यक्ष दाहालले नँया वर्षमा कोभिड १९ भाईरस महामारीका विरुद्द संघर्सत सफलता मिलोस भनेर सुभकमाना ब्यक्त गरेका हुन्।

नँया वर्षको सुभकामना जारि गर्दै प्रचण्डले मानवजातिका लागि अन्तरास्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पर्ने विश्वास समेत गरेका छन्।

तेस्तै प्रचण्डको सुभकामनामा सबै जातिय समुदाय ,राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा एकता दिने संदेश जारि छ ।

सबै नेपालीको सु -स्वास्थ्य शान्ति र समृद्धिको कामना सहित कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि निमित्त नेपाल सरकारले अघि सारेको लकडाउन र नीति कार्यक्रमलाई कडाईका साथ् पालना गर्नपनि अध्यक्ष प्रचण्ड दाहालले सुभकामनामा जारि गरेका छन् ।

उच्च मनोबल स्वनुशाशन र एकताको बलमा विजयी प्राप्त गर्न सकने पनि दाहालले अपिल गरेका छन् ।