कैलालीमा थप एक जनामा कोरोना भाइरस को पुस्टि ,
वैशाख १ ,कैलाली – कैलालीको लम्की चुहा नगरपालिका,१ मा एक ६५ वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।
ति महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।करेन्टाइनमा बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो ।
रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । उनलाई अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।
आईसोलेसनमा राखेर उनको उपचार प्रादेशिक अस्पतालमा गरिने बताईएको छ यो संगै कैलालीमा तिन जनामा कोरोना संक्रमणको पुस्टि भएको छ

