Gold
Bangad salyan

काभ्रेमा किटबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ, धुलिखेल अस्पताल भर्ना

वैशाख २ ,काठमान्डौ – वैदेशिक रोजगारबाट फर्केका काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ।

गत चैत ८ गते भारतबाट फर्केका काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको हो ।

उनीलाई अहिले थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै मण्डनदेउपुर नगरपालिका,३ का २३ वर्षीय युवा चैत ७ गते दुबईबाट फर्किएका थिए । युवकमा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ हो कि भन्ने अन्यौल भएपछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ ।

युवक दुबईबाट आएपछि केहिदिन आफ्नै घरमा बसेका थिए ।तेस्पछि नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखीएको थियो ।

उनीहरुको घर परिवारलाई पनि परिक्षन गर्ने तयारि भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको पनि उनले बताए ।