भारतको पुणेमा १४० जना नेपालि अलपत्र हप्तौबाट भोकै, सहयोगको अपिल ,
वैशाख ३ ,भारत – भारतको महरास्ट्र पुणेमा १४० जना नेपाली अलपत्र मात्र हैन उनीहरु हप्तौबाट भोकै रहेको पारस रावतले बताए ।
रावत अखिल भारत नेपाली एकता मंच संगठन पुणे नगर समिति सचिवालयका सचिव हुन् । रावतका अनुसार नेपालको दैलेख ,सुर्खेत ,बर्दिया ,कैलाली ,अछामका मजदुर अलपत्र परेका छन् ।
मंचबाट हामीले केहि सहयोग र राहत सहयोग गरेका थियौ ,अब भने केहि गर्नसकिने अवस्था छैन हामिलाई उद्दार गर्न पर्यो उनले रंग दर्पणलाई जानकारी गरे ।
जेनतेन बाँचेक छौ ,हामि संग फोन गर्ने पैसा पनि छैन ।आफुहरुले पुणेमा स्थानिय सरकार संग राहतको आशा राखेपनि कसैले नसुनेको रावत बताउछन ।
लकडाउनका कारण नेपालिहरु स्वदेश देखि विदेश सम्म अलपत्र छन् । भारतमा रहेका हजारौ नेपालिलाई भारत सरकारले पनि कुनै राहतको व्यवस्था गरेको छैन ।
,कम्पनि बन्द छ ,काम गर्न नपाएपछि खान कसले दिन्छ उनले भने । घर जानत सम्भव छैन तर परदेशमा बसेर छाक टार्न मुश्किल छ ।
नेपाल सरकारले जसरि भएपनि हाम्रो पुकार सुनेर हामीलाई उद्दार तथा राहतको व्यवस्था गरोस हामि यहि चाहान्छौ उनले भने ।
अहिले सम्म हामि कुनै बिरामी भने भयका छैनौ ,भगवानले बचाउनु भाको छ तर कति खेर के हुन्छ थाहा छैन मानिस रोगले मात्र हैन भोकले पनि मर्छ यो सबैलाई अवगतनै छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिख सम्म लकडाउनको घोषणा गरेका छन् । उनले लकडाउन थप कडाई हुने समेत बताएका छन् ।
स्वदेश विदेश देखि सहयोगी मनहरुले यो अलपत्र परेका नेपालिलाई केहि राहत स्वरुप सहयोग गर्न चाहेमा यो नम्बर र खाता नम्बरमा सहयोग गर्नपनि अपिल गरिएको छ ।
Paras S Rawat,
Canara Bank dhanori branch ,branch Pune 3893101004707
contact: 8208977936

