Gold
Bangad salyan

सनसिटीमा बस्ने ,ब्लक ए, मा दुई जना बाहेक सबैको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ ,

वैशाख ३ ,काठमान्डौ – पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।

हिजो मात्र बेलायतबाट फर्केका ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ ।

बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो।

सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।