गोरखा आरुघाटका एक युवकमा देखियो एन्टिबडी पोजेटिभ,
वैशाख ३ ,काठमान्डौ – गोरखा आरुघाटका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।
आरुघाट गाउँपालिका ,५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।
ति युवक फागुन २२ गते बहराईनबाट नेपाल आएक थिए ।र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताईएको छ ।
मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो ।
अहिले उनलाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेसनमा राखिएको र थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको नारायण अर्यालले बताए ।

