विराटनगरबाट पठाएका यात्रु नागढुंगामा रोकीए ,
बैशाख १५ काठमान्डौ – विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेका छ ।
महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।
यात्रुलाई गाडीबाट झारेर लाइन लगाईएको छ विराट्नगरमा अलपत्र परेका मजदुलाई गाडीको व्वयवस्था गरेर काठमाडौं पठाएको बताएको छ ।
काठमान्डौबाट मजदुरलाई बाहिर जना दिएपनि भित्रिन नदिने माथिको आदेश रहेको नागढुंगाका एक प्रहरी अधिकृत्ले रंग दर्पणलाई बताए ।
तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै सबैलाई स्वस्थ्य जाँच गराएर पठाईएको जानकारी दिए ।
पठाईएका सबै नागरिक काठमान्डौका रहेको र आफुहरुसंग रेकर्ड रहेको पोख्रेलले बताए । आइतबार समन्वय गरेर पठाईएको हो नागढुंगामा रोकीएको छ भन्ने खबर आयो उनले भने ।
नागरिक अगेरा गएको गाडीले काठमान्डौबाट विराटनगर, मोरङ्बासि ल्याउने पनि पोखरेलले बताए । उनले गाडी रोकीएपछि काठमान्डौमा सम्पर्क गरिरहेको जानकारी दिए ।

