Gold
Bangad salyan

केपी ओलीलाई हटाउने कसैको ताकत छैन, एउटा रौ जति पनि विश्वास गर्दिन बास्कोटा ,

बैशाख १५ काठमान्डौ – प्रधानमन्त्री ओलीलाई हटाउन सक्ने कसैको ताकत नरहेको पुर्व सञ्चारमन्त्रि गोकुल बास्कोटाले बताउने गरेका छन् ।

पार्टी भित्र प्रधानमन्त्री ओलीको चर्को विरोध भईरहेको छ । केपी ओलीलाई हटाउने कसैले कुरा गर्छ भने आफुलाई रौ जतिपनि आफुलाई विश्वास नरहेको बास्कोटाले बताएका छन् ।

नेकपा भित्र प्रधानमन्त्रीलाई हटाउने कसैले नियोजित गर्न खोज्छ भने त्यो ठुलो दुर्घटना हुने उनले बताए ।केपी ओली झन् बलियो रहेको उनि बताउछन ।

कमिसनको आरोप लागेपछि यो बास्कोटाको पहिलो अन्तर्बार्ता हो । कोरोना संक्रमणले मजदुर बाटोमा हिड्नु भनेको सामान्य रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीलाई छेउ देखे धकेल्ने घारी देखे अचेट्ने मिल्दैन उनले भने । आलोचना गर्नु तर्क गर्नु अपराध नहुने र कसैले केहि खुईल्याउन नसक्ने उनको दाबि छ ।

बामदेव गौतमले अब प्रधानमन्त्रीले प्रधानमन्त्री र अध्यक्षबाट राजिनामा दिनुपर्ने बताएका छन् ।प्रधानमन्त्री ओली सचिवालय, स्थायीसमिति, केन्द्रिय समिति, र संसदीय दलमा अल्पमतमा परिसकेका छन् ।

बिहीवार नेकपाका उपाध्यक्ष वामदेव गौतमनिवासमा नेकपा सचिवालयका ६ सदस्य भेला भएर अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल बसेर छलफल पनि अगाडी बढिरहेको छ ।

ओलीले यक्तन्त्र शासन लागु गरेर दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनु र नेकपाको गाडी एक्लै हाक्न खोज्दा नेकपा मात्र हैन देशनै दुर्घटनामा पर्न सक्ने शिर्ष नेताहरुले बताएका छन् ।

पुर्व सांसद समाजवादीका नेता डा. सुरेन्द्र यादवको अपहरण घटनासमेत प्रधानमन्त्रीको योजनामा भएको भन्दै चौतर्फी विरोध भईरहेको छ ।

पछिल्लो समयका घटनालाई हेर्दा प्रधानमन्त्रीले राजनीतिमा इमान्दारीता र जवाफदेहीता हुँदैन भन्ने कुरा प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पुष्टि गरेको छ ।

प्रधानमन्त्री ओलीको विरोध भईरहँदा भने गोकुल बाँस्कोटाले बचाउ गरेका छन् । प्रिण्टिङ्ग प्रेस खरिदमा ७० करोडको कमिसम मागेको अडियो बाहिरिएपछि बास्कोटाले राजिनामा दिएका थिए ।

बास्कोटालाई कारबाहीको माग गर्दा प्रधानमन्त्री ओलीले बचाउ गरेका थिए । प्रधानमन्त्रीले आफुलाई मात्र नभैइ वालुवाटार जग्गा प्रकरणमा आफ्नो पार्टीका महासचिव विष्णु पौडेलको पनि बचाउ गरेका छन् ।

प्रधानमन्त्रीलाई देख्न साथ् कसैलाई ऐठान पर्छ भने त्यो उसकै दोष रहेको उनले बताए ।अध्यादेश सरकारको सामन्य कार्यसम्पादनभित्र पर्ने भएको उनाले ल्याउन र खारेज गर्न सक्ने बास्कोटाले बताए ।