Gold
Bangad salyan

कोरोना संक्रमित भेटिएपछि नेपालगन्जका तीनवटा क्षेत्र सिल ,

वैशाख २० काठमान्डौ – बाँके नेपालगन्जमा कोरोना संक्रमण फेलापरेपछि नेपालगन्जका तीनवटा क्षेत्रमा सिल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रमा सावधानी अपनाईएको हो ।

नेपालगञ्जका डिएसपी रोड, वडान ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

ती पुरुष एक महिनाअघि भारतको सीमा क्षेत्र बहराइचबाट नेपाल फर्किएका थिए । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट छ सय जना भागेका थिए ।

ती भाग्नेमध्ये यी संक्रमित पुरुष पनि रहेको प्रहरी स्रोतले बताएको छ । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने बताईएको छ ।

नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सिल गरिएको छ ।