Gold
Bangad salyan

सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीयद्वारा आक्रमण प्रयास हवाई फायर ,

वैशाख २३ ,बिर्तामोड- नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।

झापा गाउँपालिकास्थित १३१ नम्बर पिल्लर नजिकको सशस्त्र प्रहरी क्याम्पमा सोमबार साँझ आक्रमण प्रयास भएको थियो ।

करिब १५० भन्दा बढी भारतीय नागरिक हात हतियार सहित क्याम्पमा आएका थिए स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

हवाई फायरपछि उनीहरु तितरबितर भएका छन् । उनीहरु सोमबार बेलुका साँझा सवा ५ बजेतिर दुई भारतीय नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई सम्झाएर भारततिरै फर्काइदिएका थिए ।

लगत उनीहरू गाउँलेसहित हतियार बोकेर आएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

केहि साता अघि पनि कचनकवल गाउँपालिका ४ स्थित सीमाक्षेत्रमा बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।

जसमा एक प्रहरी जवानलाई हँसिया प्रहार भएको थियो सिमाक्षेत्रमा दिन रात खटिएका सुरक्षाकर्मीमाथि भारतीयद्वारा आक्रामक हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर ठोस निर्णय गर्ने तयारी भइरहेको राईले बताए ।