Gold
Bangad salyan

नेपालगन्जमा जस्तो सरकार उस्तै जनता ,

वैशाख २३ ,बाँकेको नेपालगन्जमा आज देखि लगाईएको कर्फ्यु उल्लघन गरिएको छ।

नेपालगन्जमा हाल सम्म २३ जनामा कोरोना पुस्टि भएसंगै नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ ।

निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् ।

त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो ।

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि खुल्ला गरेको छ।

रानी तलाउ क्षेत्रमा तरकारी किन्नेको भिड बढेपछि प्रहरीले भिड हटाउन खोज्दा झडप उत्पनन भएको हो ।

विवाद उत्पनन पछि प्रहरीले त्रिवेणी चोकका एक युवालाई पक्राउ गरेपछि त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेको एसपी वीरबहादुर ओलीले जानकारी दिए ।अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए ।

जस्तो सरकार उस्तै जनता ,

नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि २५ गते सम्मलाई कर्फ्यु लागुगरे पछि निरन्तरर लागु गर्नपर्ने देखिन्छ ,।

कोरोनोको हाईलाईटमा परेको बाँके नेपालगञ्जमा सरकारले ११ बजे सम्म पसल खोल्न पाउने भनेपछि स्थानीयले नभई सरकारले आफै उल्लघन गरेको एक स्थानिय व्यापारीले बताए  ।

उनले रंग दर्पण संग भने कर्फ्यु भनेपछि निरन्तर लागु गर्नपर्ने हो ११ बजे सम्म पसल खोल्न भनेको छ ।तोकेको समयसम्म पसल खोल्दा पनि प्रहरी आएर लाठ्ठी हानेको छ उनले भने।

सरकारले कन्ट्यक ट्रेसिइं,औषधि पसल बाहेक हिजो सबै बन्द गर्ने घोषणा गरेको थियो ।