सशस्त्र प्रहरी र विप्लव समूहबीच गोली हानाहान,
वैशाख २३ काठमान्डौ – ईलाम्को माई नगरपालिका ,९, बोरुङमा मध्यराति सशस्त्र प्रहरी र सरकारबाट प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएपछि सशस्त्र प्रहरीले जवाफी कारवाहीमा ७ राउण्ड फायरिङ गरेको थियो ।
घटनास्थलबाट विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज हिम पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका छन् ।
उनीहरुको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको सशस्त्र प्रहरीको बराह बाहिनी पकलीका डीआईजी नगेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाइएको छ ।

