बाबुरामले संसदमा मागे प्रधानमन्त्रीको राजिनामा ,
वैशाख २६ ,काठमान्डौ – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली अहिले अस्वस्थ र जिर्ण रहेको हुँदा आराम गर्न भट्टराईले बताए । तेस्तै विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउन पनि उनले आग्रह गरे ।
कोरोना माहामारी रहेको बेला एसईई लिन आवश्यकता नभएको भट्टराईले बताए । यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो।
१२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ उनले भने ।

