लिपुलेखमा बनाईरहेको सडक तत्काल रोक्न ओली प्रचण्डको संयुक्त जारि विज्ञप्ति ,
वैशाख २८ ,काठमान्डौ – प्रधामन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति जारि गर्दै नेपालि सार्वभौमसत्तामा आँच पुऱ्याएको दाबि गरेका छन् ।
नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको छ । दुई अध्यक्षले विज्ञप्तिमा आपत्ति जनाउदै भनेका छन् ,देश अहिले कोरोना महामारीको बेला आक्रान्त भईरहेको बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गर्नु निन्दनी छ ।
तेस्तै सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन समेत विज्ञप्तिमा भनिएको छ ।
सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको बताउँदै दुई अध्यक्षले भनेका छन्,।
‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्ने नेकपाको ठहर छ ।
सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोटमार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।
वक्तव्यमा दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न आग्रह गरिएको छ ।भारतले नेपालको भूमि लिपुलेक हुँदै मान सरोवरसम्म जाने सडकको शुक्रबार उदघाटन गरेको थियो ।
कोरोन संक्रमण पछि नेकपाले सीमा विवाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेको छ ।
भारतले नेपालि भुमि अतिक्रमण गरेपछि नेपालमा विभिनन पार्टी ,दल संघ संस्था विद्यार्थीले विरोध जनाईरहेका छन् ।


