Gold
Bangad salyan

लकडाउनलाई थप कडा बनाउन प्रधानमन्त्रीको निर्देशन ,

वैशाख ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले अहिले काठमान्डौमा लकडाउन छ र अहिले त काठमान्डौमा ट्राफिक जाम देख्छु भन्दै प्रतिक्रिया दिएका थिए।

नेपालम दैनिक कोरोना संक्रमित फेलापरिरहेको बेला लकडाउन खुकुलो बनाउनु सहि नरहेको उनले बताए ।

यो संगै आज गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ भने सवारी पास रद्द गरेको छ ।

मान्छेको जीवनभन्दा अर्थतन्त्र ठूलो नभएकाले खुकुलो भएको लकडाउन कडा बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

पछिल्लो समय सरकारले गत शुक्रबारदेखि विभिन्न किसिमका ४२ उद्योगहरू चलाउन दिने निर्णय गरेको थियो।

यो संगै काठमान्डौमा सवारीको छाप बढेको देखिन्छ । नेपालमा हिजो सोमबार मात्र २४ र मंगलबार ५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। अहिले संक्रमितको संख्या १९१ पुगेको छ।