Gold
Bangad salyan

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १३ वर्षपछी पक्राउ,

भदौ २५ ,काठमान्डौ – बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी चौथो ब्याक्ति १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा कोल्हवी नगरपालिका,४ का ४५ वर्षीय हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् ।

लुकिछिपी बसेका कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्रहरीले जनाएको हो ।१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।