Gold
Bangad salyan

बादल हारेपछि गोकुल बाँसकोटाको आक्रोस :दुध खुवाएर पालेका साँपले डसे

जेठ ६,काठमान्डौ – नेकपा (एमाले )का नेता तथा सांसद गोकुल प्रसाद बाँस्कोटाले राष्टियसभाको उपनिर्वाचनमा रामबहादुर थापा बादल पराजित भएपछि आक्रोश पोखेका छन् ।

उनले बादललाई हराउन आफ्नै पार्टीका नेताहरु लागेको भन्दै माधव नेपाल पक्षको कडा आलोचना गरेका हुन। बादललाई हराउनेहरुलाई दुध खुवाएर पालेका साँपको संज्ञा दिएका छन् ।

उनले सामािजक सञ्जाल ट्विटरमा लेखेका छन्-“दुध ख्वाएर पालेका साँपले डसेका हुन।बिपक्षीसँग कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुआत मात्र।

सञ्चारमन्त्री हुँदा १२ अरब भ्रस्टाचारमा मुछिएका बाँसकोटालाई प्रधानमन्त्री केपि शर्मा ओलीले बचाउ गरेका थिए ।उन्को ७० करोड कमिशन बार्गेनिङ अडियो सार्वजनिक भैइसकेको छ ।