Gold
Bangad salyan

ओली पोख्रेलको भिडन्त कस्ले मार्ला बाजि चारबजे देखि मतदान

काठमान्डौ – नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।

महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ ।

पार्टीको ११ औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् ।

महाधिवेशनले १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी ३५१ जना नयाँ नेतृत्व चुनिँदैछन् ।
चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुवै पक्षका गरी करिब ७ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने उनले स्पष्ट पारे ।

ओलीविरुद्ध उम्मेद्बारी दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलतिर सबैको ध्यान गएको देखिन्छ। दशौ महाधिवेशनमा ओलीविरुद्ध नेता भिम रावल चुनाव लडेका थिए भने उन पराजित बनेका थिए ।
यो पटक भने ओलीविरुद्द धेरै नेताले असन्तुष्ट देखाएका छन।

सम्भवत ओली हार्नसक्ने पनि धेरैले आकलन गरेका छन। पुस १