थप उपचारका लागि नेता खनाललाई दिल्ली लगियो

असार २ ,काठमान्डौ – नेकपा एमालेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत नयाँ दिल्ली लगिएको छ । स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि खनाललाई नर्भिक अस्पालमा उपचार गरिएको थियो।

उपचार गरिरहेका खनाललाई अस्पतालले थप उपचारको लागि भारत लैजान सुझाव दिएपछि उनि नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् ।खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने उनको सचिवालयले जनाएको छ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । खनाल केही महिनाअघि कोभिड,१९ बाट संक्रमणमुक्त भएका थिए ।